Home » News » नेपाल–चीन ब्यापार तथा पारवहन सम्झौता अझै अलपत्र
nepal_china-flag

नेपाल–चीन ब्यापार तथा पारवहन सम्झौता अझै अलपत्र

Shares

नेपाल–चीन ब्यापार तथा पारवहन सम्झौता अझै अलपत्र

nepal_china-flagचीनसँग पारवहन तथा परिवहन सम्झौतालाई अन्तिम टुँगोमा पुर्याउन आवश्यक पर्ने प्रोटोकल (प्रक्रियागत संहीता) लाई दुवै मुलुकले काठमाडौं बैठकमा अन्तिम रुप दिने भएका छन् । दोश्रो चरणको बैठक (निगोसिएसन) मा दुवै पक्षका अधिकारीबाट सहमति नजुट्दा अन्तिम टुङो लगाउन तेश्रो चरणको बैठक अब काठमाडौंमा हुने भएको छ ।

चीनको बेइजिङमा भएको दोश्रो चरणको बैठक (निगोसिएसन) ले प्रोटोकलसम्बन्धी प्रक्रियाका बारेमा ‘थप गृहकार्य र अध्ययन गर्नुपर्ने’ कारण देखाउँदै उक्त बिषयमा निश्कर्षसहितको टुङ्गो नलाग्दा काठमाडौं बैठकमा अन्तिम रुप दिने बिषयमा सहमति जनाउँदै बेइजिङको दोश्रो चरणको बैठक सम्पन्न भएको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिब चन्द्र घिमिरेका अनुसार गत मंगलबारदेखि चीनको बेइजिङमा भएको दोश्रो चरणको बैठकमा सहभागी भएका चिनियाँ र नेपाली पक्षले केही मूलभूत बिषयमा थप गहन र विस्तृत रुपमा तयारी गर्नुपर्ने औल्याउँदै प्रोटोकलको प्रक्रियालाई अन्तिम टुङ्गो लगाउन यही जुलाईमा काठमाडौंमा तेश्रो बैठक गर्ने बिषयमा सहमति जुटेको छ ।’ तर नेपाली अखबारी खेतीमा भने कतिपय विषय भारतसँगको पारवहन तथा व्यापार सन्धिसँग आबद्ध अवस्थालाई गम्भीरताका साथ लिंदै भित्री रुपमा दिल्लीको साउथ ब्लकसँग पूर्वसल्लाह जरुरी रहेकाले नै चीनसँगको यो र्वार्ता पर धकेलिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super