Home » News » म राजनीतिज्ञ मात्र हैन : लेखक पनि हुँ : मोहन वैद्य ‘किरण’ भन्नुहुन्छ–
mohan-baidhya

म राजनीतिज्ञ मात्र हैन : लेखक पनि हुँ : मोहन वैद्य ‘किरण’ भन्नुहुन्छ–

Shares

म राजनीतिज्ञ मात्र हैन : लेखक पनि हुँ : मोहन वैद्य ‘किरण’ भन्नुहुन्छ–

mohan-baidhyaस्कुलमा पनि मैले संस्कृत नै पढें । मेरा पिताजी पण्डित भएका कारणले उहाँबाट पनि मैले संस्कृत सिकें । दाङको संस्कृत महाविद्यालय, बिजौरीबाट मैले शास्त्री उत्तीर्ण गरें । पछि काठमाडौं आएर नेपाली भाषामा स्नातकोत्तर गरें ।

स्कुलको पढाइ सकेपछि पनि मैले दर्शन विषय पढें । त्यसक्रममा पनि संस्कृत पढें । पश्चिमा दर्शन, माक्र्सवादी दर्शन पनि पढें । मैले पढ्दै जाँदा थाहा पाएँ— संस्कृत त पश्चिमाहरूले पनि पढ्दा रहेछन् । जनयुद्धअघि नै मैले यस्तो कुरा थाहा पाएँ । म्याक्स मुलर भन्ने जर्मन विद्वान्ले यहाँको दर्शनको बारेमा किताब नै लेखेका रहेछन् । पूर्वीय र बुद्ध दर्शनको बारेमा थुप्रै किताब लेखिएको रहेछ । यहाँका मान्छेको आँखा भने खाली पश्चिमा दर्शनतिर गयो । तर, पश्चिमाहरूको आँखा भने यहाँ पर्दो रहेछ । पूर्वीय दर्शनको पनि महत्त्व रहेछ भन्ने मलाई त्यतिबेला थाहा भयो । संस्कृत भाषाले त्यसलाई मद्दत गयो ।

दर्शनको कुरा त विकास हुँदै जान्छ । पश्चिमले बढी विकास गर्दै गयो । माक्र्सवादी दर्शन त पश्चिममै विकास भयो । त्यो आफ्नो ठाउँमा छ । पूर्वीय दर्शन खासगरी हिमाली क्षेत्र भन्नुस्– भारत, चीन र नेपालमा पनि संस्कृत दर्शनको विकास भएको छ । हाम्रो दर्शनको जग पनि संस्कृत भाषामा उभिएको छ । बुद्ध धर्म विश्व धर्म हो । बुद्ध धर्मको जननी नेपाल हो । राजा जनकको शासनकालमा देखा परेका दार्शनिक हुन्— याज्ञवल्क्य । उनले पनि दर्शनको विकास गरे । कपिलबस्तुमा बुद्धभन्दा अझ अघि सांख्य दर्शनको विकास भइसकेको रहेछ । महर्षी कपिलको नामबाट कपिलबस्तु नाम रहेको रहेछ । सांख्य र बुद्ध दर्शनको विकास, मैथिली क्षेत्रमा न्याय दर्शनको विकास भइसकेको रहेछ । कैयन दार्शनिकहरू नेपालकै रहेछन् । यसबारे अझै खोजबिन जरुरी छ ।

आन्दोलनको बीचमा संस्कृत विश्वविद्यालयका संस्कृत भाषाका पुस्तकालय जलाए । आन्दोलनका बेला केही राम्रा कुरा पनि हुन्छन्, केही कमी कमजोरी पनि हुन्छन् । तर, संस्कृत पुस्तक जलाइयो भनेर अलिक दुष्प्रचार पनि बढी भयो ।

संस्कृत भाषा ‘ऐच्छिक’ राखे त भइहाल्यो नि भन्ने कुरा मात्रै हो । जबर्जस्ती गर्नु त हुन्न नि । दोस्रो कुरा संस्कृत पढ्नै हुन्न भनेको त होइन नि । संस्कृत पढाउने परम्परा हाम्रोमा गलत छ । संस्कृत पढाउँदाखेरि ‘ब्राह्मणवाद’ पढाउने, पण्डित्याइँका लागि पढाउने ? त्यो त होइन नि । कैयौं लेखले के भन्छ भने संस्कृत भनेको ब्राह्मणवाद हो । तर, संस्कृत भने ब्राह्मणवाद पनि हो, ब्राह्मणवाद मात्रै होइन । त्यहाँ भौतिकवाद पनि छ, द्वन्द्ववाद पनि छ । जीवनोपयोगी कुरा पनि छन् । ती कुरातर्फ आवश्यक ध्यान दिने कुरा भएन । संस्कृत भाषालाई पुरोहितसँग मात्रै जोडेर हेरियो । त्यसलाई त म दृढतापूर्वक विरोध गर्छु । भाषासँग हेला गर्ने कुरा होइन । भाषालाई कसरी प्रयोग गरियो भन्ने कुरा हो । ब्राह्मणवाद बराबर संस्कृत भाषा भन्ने कुरा गलत हो । संस्कृत राम्रो तरिकाले पढ्नुपर्छ । त्यहाँ राम्रा कुरा पनि छन्, खराब कुरा पनि छन् ।

म साहित्यको पनि विद्यार्थी हो । नेपाली साहित्य पनि पढ्छु । समालोचना पनि पढ्छु । मैले सौन्दर्य चिन्तनको बारेमा पनि लेखेको छु । मैले नेपाली साहित्यमै स्नातकोत्तर गरेको हुँ । जनयुद्धको पछिल्लो कालमा आन्दोलनमा आरोह–अवरोह आयो । दसवर्षे जनयुद्धले चाहेको कुरा गर्न सकिएन । यो परिवेशमा प्रगतिवादी साहित्यको धारा थोरै कुण्ठित भएकोजस्तो देखिन्छ । अहिले पश्चिमा साहित्यको प्रभाव नेपाली साहित्यमा बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super