Home » News » उप्रेतीको सिफारिस विवाद : तर विवादित रहने छैन
nilkantha-upreti

उप्रेतीको सिफारिस विवाद : तर विवादित रहने छैन

Shares

उप्रेतीको सिफारिस विवाद : तर विवादित रहने छैन

 

nilkantha-upreti

सरकारले भारतका लागि नयाँ राजदूतमा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । प्रतिनिधि सभाको निर्वाचनका बेला भारतका लागि राजदूत  दीपकुमार उपाध्याय राजीनामा दिएर चुनाव लड्न आएपछि उक्त पद खाली थियो । सोमबार बसेको मन्त्रीपरिषद बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । उप्रेतीलाई अफगानिस्तान र भुटानको गैर आवासीय राजदुतमा पनि सिफारिस गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

त्यसैगरी मन्त्रीपरिषद बैठकले उदयराज पाण्डेलाई मलेसियाको राजदूतमा सिफारिस गरेको छ । पूर्व परराष्ट्रविद् पाण्डेलाई इन्डोनेशिया र ब्रुनाईको गैर आवासीय राजदूतमा समेत सिफारिस गरिएको पनि प्रवक्ता बास्कोटाले बताए ।

संविधानको धारा २४५ को उपधारा ८ मा प्रमुख निर्वाचन आयुक्त भइसकेका व्यक्ति फेरि सरकारी पदमा रहन ग्राह्य नहुने उल्लेख गरिएको छ । संविधानको धारा २४५ को उपधारा ८ मा भनिएको छ, ‘निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त भइसकेका व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन ।’ तर, कुनै राजनीतिक पद वा कुनै विषयको अनुसन्धान, जाँचबुझ वा छानबिन गर्ने वा कुनै विषयको अध्ययन वा अन्वेषण गरी राय मन्तब्य वा सिफारिस पेश गर्ने कुनै पदमा नियुक्त भइ काम गर्न भने प्रमुख पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई संविधानले छुट दिएको छ । पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीजीको योग्यता, क्षमता र कर्मठ कार्यशैली विगतका निर्वाचन आयोगअन्तर्गत भए गरेका क्रियाकलापले नै पुष्टि हुन्छ । निजको मिलनसार, कर्तव्यनिष्ठ एवं कार्यकुशलता स्तुत्य एवं प्रशंसापूर्ण पनि रहेको छ । तसर्थ, भारतका लागिको राजदूत नियुक्ति उचित पात्रका लागि उचित ठाउँ बन्न गएको छ– जाने छ । बुद्धिजीवी वर्गमा चर्चित व्यक्तित्व उप्रेतीजीलाई हार्दिक बधाई !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super