Home » Featured » सदनको असन्तुलन
sansad

सदनको असन्तुलन

Shares

सदनको असन्तुलन

sansad

अहिलेको संसद् आफैंमा असन्तुलित छ । साना दलहरू छैनन् । प्रमुख विपक्ष पनि सानो छ । सत्ताका पक्षमा दुईतिहाइ नाघेको छ । यस्तो समीकरण सत्ता र संसद्को सन्तुलन अनुकूल हुँदैन । यही समीकरणका कारण सरकार संसदमाथि हाबी हुने खतरा रहिरहने भएको छ । संविधान कार्यान्वयन तथा लोकतान्त्रिक परिपाटी विकासमा यो अहम् चुनौती हुनेछ । यस परिप्रेक्ष्यमा सभामुख र उपसभामुखजस्ता महत्वपूर्ण संवैधानिक पदसमेत सत्तापक्षसँग परेको मात्र छैन, दुवै पद एउटै पार्टीको पोल्टामा छ । संविधानको धारा ९१ (२) ले प्रतिनिधिसभामा र धारा १८२ (२) ले प्रदेशसभामा सभामुख वा उपसभामुख मात्र भने फरक–फरक दलको प्रतिनिधित्व हुनुपर्ने भनी प्रस्टसँग लेखिएको छ । चुनावी प्रतिस्पर्धा नभए वा संसदमा अरू दलको प्रतिनिधित्व नरहे मात्र एउटै दलका सभामुख र उपसभामुख हुन सक्छन् । अहिले प्रदेश नं २ मा मात्र सभामुख र उपसभामुख बेग्लाबेग्लै दलका छन् ।

नेकपाले भने पद नछाड्ने संकेत गर्दै निर्वाचित भइसकेपछि पार्टीबाट राजीनामा दिइसकेर स्वतन्त्र हैसियतमा रहेकाले एउटै दलको भन्नु गलत हुने तर्क गर्दै आएको छ । जबकि राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ उपदफा १ (क) मा ‘प्रतिनिधिसभाको सभामुख वा उपसभामुख, प्रदेशसभाका सभामुख वा उपसभामुख निर्वाचित भएको कारण देखाई कुनै सदस्यले सम्बन्धित दलको सदस्यताबाट लिखित राजीनामा दिए’ दल त्याग गरेको नमानिने लेखिएको छ । दफा ३१ मा राजनीतिक दलबाट उम्मेदवार भई निर्वाचित संसद् सदस्यले पदावधि कायम रहेसम्म दल त्याग गर्न नसक्ने र त्याग गरे पदै रिक्त हुने प्रावधान रहेकाले स्वतन्त्र हैसियत दिलाएर हाल कायम सभामुख वा उपसभामुखलाई निरन्तरता दिने ठाउँ पनि छैन ।

साबिकका एमाले र माओवादी केन्द्रले भागबन्डाबाट छानेकाले कसलाई फिर्ता बोलाउने टुंगो लगाउनु पक्कै चुनौतीपूर्ण छ । तर इच्छाशक्ति भए त्यसको व्यवस्थापन जटिल होइन । सरकारबाट संविधानलाई मिचेरै अघि बढ्न खोज्नु स्वेच्छाचारीपन हो । यो केन्द्र र प्रदेश संसद्कै ठूलो दल नेकपाका लागि नैतिक प्रश्नसमेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super