Home » News » सरकार : जनताको हुनै सकेन– राजनीतिक संस्कार पनि देखिएन
bharat

सरकार : जनताको हुनै सकेन– राजनीतिक संस्कार पनि देखिएन

Shares

सरकार :  जनताको हुनै सकेन– राजनीतिक संस्कार पनि देखिएन

– पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी bharat

गुटगत राजनीति
प्राप्त सुविधा वितरणमा आफ्नो र अरू भनेर छुट्ट्याउन थालिएपछि गुटगत राजनीति सुरु भएको हो। अहिले गुट र उपगुटले पार्टी भरिएको छ। व्यक्तिको योग्यता, क्षमता र इतिहासको साटो गुटका आधारमा टिकट पाउने, अन्य अवसर पाउने भएको छ। गुटगट राजनीति अन्त्य नगरे पार्टी डुब्छ। निश्चित प्रणालीमा पार्टी सञ्चालन गरिएन भने यो एकीकरण क्षणिक हुनेछ। पार्टीको प्रणालीगत सञ्चालनका लागि विधानको सर्वोच्चता आवश्यक पर्छ। पार्टीभित्र पनि विधिको शासन आवश्यक छ।

आर्थिक आसक्ति
अहिले आर्थिक आसक्ति पार्टीको प्रमुख रोग बनेको छ। हो, पार्टी सञ्चालनमा केही न केही रकम खर्च हुन्छ। त्यसका लागि कार्यकर्तालाई कुनै न कुनै आर्थिक आर्जनमूलक काममा व्यस्त गराउनुपर्छ। राजनीतिक कार्यकर्ता भन्नासाथ व्यवसाय नै नगर्ने होइन। हरेक पार्टी कार्यकर्ताले आर्थिकरूपमा सक्षम हुन केही न केही व्यवसाय गर्ने संस्कार बसाउनुपर्छ। त्यस्तो व्यवसाय गर्न सहयोग चाहिए पार्टीले सहयोग गर्नुपर्छ। आफ्नो परिवार धान्ने गरी व्यवसाय गरेर पार्टीमा सक्रिय हुने संस्कार बसाउनुपर्छ।

देखावटीपन
अहिले देखावटीपन निकै बढेको छ। यो नेताहरूबाटै सुरु भएको हो। कम्युनिस्ट नेता यस्ता हुँदैनन्। अहिले समाज फेर्ने बेला हो। त्यसका लागि नेताहरू जनतासँगै जोडिएर हिँड्नुपर्छ। जनताको नेता हुनका लागि जनताकै तहको जीवन बिताउनुपर्छ। नेपाल कम्युनिस्ट पार्टीले नेपालको मुहार फेर्ने हो भने जीवनशैली साधारण बनाउनैपर्छ। कम्युनिस्ट पार्टीले आपूmलाई बदल्न सक्षम हुनैपर्छ।

सामूहिक निर्णयको कमी
संयुक्तरूपमा निर्वाचनमा जाँदा एमाले र एमाओवादीले जस्तो प्रण गरेका थिए, त्यो सरकारले ल्याएको बजेटमा प्रतिविम्बित भएन। यसको मुख्य कारण हो, सामूहिक निर्णय नहुनु। पार्टी र सरकार दुवैमा सामूहिक निर्णय हुन सकेन भने प्रभावकारी कार्य सञ्चालन हुने छैन। त्यसले सही परिणाम पनि दिने छैन। बजेट त सिंगो नेपाललाई परिवर्तन गर्ने दीर्घकालीन उद्देश्यका साथ आउनुपथ्र्यो। अर्थमन्त्रीले पार्टी र सरकारको उद्देश्य नै नबुझेजस्तो देखियो। त्यस्तै उत्पादन वृद्धि गर्ने विषयमा समेत बजेट केन्द्रित देखिएन। वृद्धभत्ताको मामिलामा सरकारले बेइमानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super