Home » News » नेपालगन्जमा पूर्व राजा र कम्युनिष्ट नेताहरुको संयोग
gyanendra

नेपालगन्जमा पूर्व राजा र कम्युनिष्ट नेताहरुको संयोग

Shares

नेपालगन्जमा पूर्व राजा र कम्युनिष्ट नेताहरुको संयोग

gyanendra
बाँके– नेपालगन्ज नेपालको पुरानो व्यापारिक सहर। नेपालको हरेक राजनीतिक परिवर्तनमा नेपालगन्जले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। जनआन्दोलनमा पनि नेपालगन्जको महत्वूर्ण भूमिका रह्यो। पछिल्लो घटनाक्रमले नेपालगन्ज राजावादी र राजनीतिक पार्टीको शक्ति आर्जन गर्ने थलोका रुपमा देखिएको छ।

हाल पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्जमा हुनुहुन्छ । यस पटकको नेपालगन्ज बसाई उहाँका लागि अझ महत्वपूर्ण रह्यो। पूर्व राजा ज्ञानेन्द्रले शनिबार आफ्नो ७२औं जन्म दिन पनि गतm शनिबार यही मनाइयो । यही बेला मध्य तथा सुदूरपश्चिमका जनतासँग भेटेर राजाले जन्मदिनको खुसी साट्दै जन्मदिनका दिन राजा विहानै शक्तिपिठ बागेश्वरी माताको मन्दिर दर्शन गरेर आएपछि जनतासँग भेटघाट गरिएको थियो । मन्दिरमा राजालाई फूलको गुच्छा दिएर स्वागत गर्ने मानिसको भिड थियो ।

जनतासँग भेट्ने क्रममा उहाँले वर्तमान राजनीतिक अवस्थाको बारेमा कुराकानी गरेका थिए। राजाको जन्मदिन र भ्रमणलाई भब्य बनाउने राजावादी नेताहरु नेपालगन्जका सडकमा माइकिङ गरेर हिडिरहेका बेला नेपालगन्जमा कम्युनिष्ट नेता तथा कार्यकर्ता कार्लमाक्र्सको जन्मदिन मनाइरहेका थिए। करिब १५ सय कार्यकर्तालाई नेताहरु माक्र्सवाद बारे प्रशिक्षण दिइरहेको थिए। कार्लमाक्र्स जन्म द्धिशतवार्षिकी मनाउनका साथै अगुवा कार्यकर्तालाई माक्र्सवाद र वर्तमान राजनीति बारेमा प्रशिक्षण पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह, प्रशिक्षण समारोह समिति संयोजक घनश्याम भुषाल लगायतका नेता नेपालगन्जमा आएका थिए। यो एउटा नेपालगन्जका लागि दुर्लभ संयोग थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super