Home » News » यथार्थ देखाइएकाले बजेट कर्णप्रिय बनेन
yubraj-khatiwada

यथार्थ देखाइएकाले बजेट कर्णप्रिय बनेन

Shares

यथार्थ देखाइएकाले बजेट कर्णप्रिय बनेन

अर्थमन्त्री– डा.युवराज खतिवडाyubraj-khatiwada

धेरै अर्थमन्त्रीले पढेको बजेटमा मैले पनि काम गरेको थिएँ । पछाडि बसेर गर्दा र आफंै अगाडि प्रस्तुत हुँदाको दृश्य फरक हुन्छ । मौद्रिक नीति बैंकर्स, पत्रकार र केही अर्थविदसामु पढिन्थ्यो । बजेट राजनीतिज्ञहरूसमक्ष संसदमा पढ्नुपर्ने भएकाले बढी जिम्मेवारीबोध हुँदोरहेछ । कर्णप्रिय त हुँदैन भनेकै छु । कतिपय औषधि तीतो हुन्छ । उपचारका लागि तीतो औषधि पनि खानैपर्छ । अहिले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन उपचारात्मक काम गरिरहेका छांै । लोकप्रियताका नाममा जे पनि कार्यक्रम ल्याउने मैले गरिनँ । कार्यान्वयन गर्ने कार्यक्रम मात्रै ल्याउनुपर्छ भन्ने मेरो मान्यता हो । प्रणालीमा भइरहेका समस्यालाई सम्बोधन गर्ने गरी यो बजेट ल्याइएको हो । व्यावसायिक पृष्ठभूमिबाट आएको मान्छेले ठूलठूला कुरा गर्ने, कार्यान्वयन नगर्ने र स्रोतले नधान्ने कार्यक्रम ल्याउन सुहाउँदैन । त्यसकारण धेरैलाई कर्णप्रिय नलाग्न सक्छ । तर यथार्थबोध भएको धेरैले महसुस गर्नुभएको छ ।

हाम्रा संवाददाताबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super