Home » Featured » दशकौंदेखि एकछत्र नेतृत्व !!
mb1-25042017070518-1000x0

दशकौंदेखि एकछत्र नेतृत्व !!

Shares

दशकौंदेखि एकछत्र नेतृत्व !!

mb1-25042017070518-1000x0
दशकौंदेखि नेपालका साना पार्टीहरु एकै व्यक्तिको वर्चस्व र स्वयंपाकी चौल्हाचौकायुक्त नेतृत्वभित्र खीरिटो अवस्थामा छन् । बढ्न पनि नसक्ने ः मर्न पनि नमर्ने ‘क्याक्टस फूल’ जस्ता ।
हुन पनि वीरेन्द्र पासवानको दलीत जनजाति पार्टीदेखि लिएर हरिचरण शाहको नेपाली जनता दल– एकनाथ ढकालजीको नेपाल परिवार दल (हुन त यो दल एमालेमा समाहित भयो पनि भनियो – तर अझै प्लेकार्ड बोक्दै पनि छ रे) प्रेमबहादुर सिंहको समाजवादी जनता दल, कमल थापाको राप्रपा नेपाल, नेकपा मालेका सीपी मैनाली, नेकपा (मसाल)का मोहनविक्रम सिंह, नेपाल मजदुर किसान पार्टीका नारायणमान बिजुक्छे आदिजीहरु दशौ वर्षबाट पार्टी नेतृत्वमा हुनुहुन्छ । पार्टी ः कहिले परिवार बन्छ त कहिले क्लब । स्वयंपाकी चुल्हो चलाएर आफू नभए श्रीमती ः श्रीमती नभए छोराछोरी त्यो पनि नभए नजिकको मान्छे । घुमीफिरी रुम्जाटार ः सबै पार्टी सदस्य परिवारकै व्यक्ति भएकाले निर्वाचन आयोगमा रित पुर्याएर ५÷५ वर्षको कोठे अधिवेशनमार्फत् सर्वसम्मत पार्टी अध्यक्षता । हो ः नारायणमान बिजुक्छेजी चाहीं त्यागी नै देखिनुभयो– यसपल्ट संसदको टिकट अरुलाई दिनुभयो । हुन त कुरा काट्नेहरु तर्क थप्छन्– एमाले र केन्द्र मिलेर चुनावमा गएका हुँदा चुनाव हारिन्छ कि भन्ने डर पनि बिजुक्छेजीमा परेको थियो रे तर बिजुक्छेजी चुनाव हार्ने सम्भावना नै थिएन र तर्क गलत हो भन्ने नै धेरै छन् । आज यी नेताहरुको अध्यक्षता राख्ने यी साना दल कहाँ के गर्दैछन्, कुन उद्देश्यका लागि कार्यरत छन्– प्रश्न अनुत्तरित छ । हो लौन चन्दा चाहियो भन्ने फोन चाहिं यत्रतत्र गैरहन्छ रे । – हाम्रा टिप्पणीकारबाट

कसले के भने

three leader

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super