Home » Featured » हलो क्रान्तिका अभियन्ता : प्रथम युगनायक
book2

हलो क्रान्तिका अभियन्ता : प्रथम युगनायक

Shares

book1

हलो क्रान्तिका अभियन्ता : प्रथम युगनायक

आदर्शपुरुष स्वर्गीय पं. तोयनाथ अधिकारीप्रति समर्पित कविता

  • देवेन्द्रप्रसाद खनिया – बरबोट, दुराडाँडा लमजुङ, हाल बुढानीलकण्ठ, काठमाडौं

तोयनाथ अधिकारी दूरदर्शी कति कति,
जन्म भो कहिले उन्को मृत्युले हुन गो क्षति ।
आयुर्वेद पढी आफै गर्थे निर्माण औषधी
वैद्य हुन् औषधी गर्ने छैन शुल्क लिनु पनि ।
***
सामाजिक थियो क्रान्ति उनको कार्यस्वरुपमा,
धपाए गोरु नारेर आफ्नै आँट विवेकमा ।
हलो जोत्ने भए सारा अझै आफ्नो निसानमा,
जोत्नै हुन्न भनी भन्ने छैनन् कोही किसानमा ।।

***
शिक्षाको ज्योति बालेर आफ्नै घर मझेरीमा,
केटाकेटी जुटाएर पाठशाला कटेरीमा ।
त्यै बेला क ख रा राम्रै जानें बाह्रखरी पनि,
शिलान्यास भयो मेरो शिक्षाको गतिको अनि ।।

***
चाहेनन् उनले केही मेरो कीर्ति रहोस् भनी,
गरेनन् पुत्रको मोह साँच्चै त्यागी बनी उनी ।
तारानन्द भए योगी जन्म सिद्ध गरे गए,
सम्झना उनका केही कीर्ति बाँकी यहाँ रहे ।।

***
रुचाउँथे प्रजातन्त्र भन्दथे ती उठौं सब,
विरोध गर्नु नै पर्छ राणा शासनको अब ।
बगाए क्रान्तिको भेल नेता अर्कै भए पनि,
उठाए जनता सारा आपूm साथै रहे अनि ।।

***
महाभारतको गाथा सुनाएर सरासरी,
कोही छैन ठूलो सानो हामी सारा बराबरी ।
कस्तो आदर्श देखाए कर्म ज्ञान विवेकले,
यस्ता अपूर्व व्यक्तित्व छैन कोही विचारले ।।

***
जिल्ला लमजुङकै केन्द्र दुराडाँडा यसै भयो,
देशमा फैलिँदा कीर्ति छवि राम्रो यहाँ रह्यो ।
साँच्चै नै यो दुराडाँडा अर्चल्यानी तपःस्थल,
पिएकै हुन् अधिकारी यहीँको जल शीतल ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super