Home » स्वास्थ्य » दहीको सेवनले पसिनाको दुर्गन्धबाट मुक्त गराउँछ
curd

दहीको सेवनले पसिनाको दुर्गन्धबाट मुक्त गराउँछ

Shares

दहीमा क्याल्सियम, प्रोटिन र भिटामिन रहेको हुन्छ । यसको सेवनले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । दहीलाई फरक–फरक तरिकाले प्रयोग गर्नाले यसबाट कैयाँै किसिमका स्वास्थ्य समस्याहरु समाधान गर्न सकिन्छ । दहीको प्रयोगका केही महत्वपूर्ण फाइदाहरु तल उल्लेख गरिएको छः–
पसिनाको दुर्गन्धबाट राहतः पसिनाको दुर्गन्धको समस्या भएका मानिसहरुले दही र बेसनको मिक्सचरबाट शरीर मालिस गरी केही समयपछि नुहाउनाले समस्याबाट छुटकारा पाउन सकिन्छ ।
हड्डी बलियो बनाउँछः दहीको नियमित सेवनले हाम्रो शरीरमा हुने हड्डीहरुलाई मजबुत बनाउन मद्दत गर्छ । दहीमा प्रशस्त मात्रामा उपलब्ध हुने क्याल्सियमले हड्डी मजबुत बनाउन सहयोग गर्छ ।
मुटुसम्बन्धी समस्यामा उपयोगीः दहीले हाम्रो शरीरमा रहेको कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ । यसले गर्दा मुटुसम्बन्धी समस्याको खतरा कम हुन्छ ।
जोर्नीको दुखाइमा राहतः दहीलाई हींगसँग मिलाएर खानाले जोर्नीको दुखाइबाट राहत पाउन सकिन्छ ।
पाचन प्रक्रियामा सुधारः दहीमा प्राप्त हुने सुगर एसिडले हाम्रो शरीरको पाचन प्रक्रियालाई बलियो बनाउन सहयोग गर्छ । जसले गर्दा पाचन प्रक्रियालाई नियमित बनाउँछ ।
तौल बढाउन सहयोगीः दहीमा किसमिस वा बदाम मिलाएर खानाले तौल कम हुनेहरुलाई तौल बढाउन मद्दत गर्छ ।
स्किनलाई चमकदार बनाउँछः दहीमा कागतीको रस मिलाएर शरीरमा लगाउनाले छालालाई चम्किलो र आकर्षक बनाउँछ ।
कपालका लागि उपयोगीः कपाललाई पाँच मिनेटसम्म दहीले मालिस गरेर नुहाउनाले कपाल चम्किलो र सिल्की बन्छ ।
चायाँ हटाउन सहयोगीः दहीमा मरिचको धूलो मिसाएर टाउको नुहाउनाले चायाँको समस्याबाट छुटकारा पाउन सकिन्छ । सातामा दुई पटक दही र मरिचको धूलो मिसाएर नुहाउनाले चायाँबाट उल्लेख्य रुपमा छुटकारा पाउन सकिन्छ ।
निद्रासम्बन्धी समस्याबाट छुटकाराः दैनिक एक कचौरा दही खानाले निद्रा नलाग्ने समस्याबाट छुटकारा मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

shiva2-696x522

तारुकामा गौरा–पार्वती अस्पतालको निर्माणप्रक्रिया सुरु

Shares बैशाख २३ ।नुवाकोट तारुका स्थित आँपचौरमा प्रश्तावित गौरा–पार्वती सामुदायिक अस्पतालको निर्मांण कार्यको प्रक्रिया सुरु ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super