Home » स्वास्थ्य » चिकित्सा शिक्षा आयोगको प्रतिवेदनप्रति मेडिकल एशोसिएसनको आपत्ति
bigapti

चिकित्सा शिक्षा आयोगको प्रतिवेदनप्रति मेडिकल एशोसिएसनको आपत्ति

Shares

काठमाण्डौं, ३१ बैशाख –चिकित्सा शिक्षा आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रतिवेदन प्रति मेडिकल एशोसिएसनले आपत्ति जनाएको छ । एशोसिएनले विहिबार प्रधानमन्त्रीलाई आयोगले प्रतिवेदन बुझाएपछि बैठक बसी प्रतिवेदन प्रति आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।

एशोशियसनले विज्ञप्ती जारी गर्दै एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले समिति गठन प्रक्रिया नै गलत रहेकोले विद्येयकमा उल्लेखित अधिकांस बुदाहरुमा पुनरावलोकन गर्नुपर्ने स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ “समिति गठन प्रक्रिया देखिनै हामीले पटक पटक विरोध स्वरुप सम्बन्धित निकाय माझ समिति स्वच्छ र निस्पक्ष नभएको र विद्येयकमा उल्लेखित अधिकांस बुदाहरुमा पुनरावलोकन गर्नुपर्छ भनेर जानकारी गराउँदै आएको कुरा सर्वबिदितै छ” ।

एशोसिएसनले समिति गठन प्रक्रिया प्रति नै आपत्ति जनाउदै बिभिन्न मितिमा सरकार र सम्बन्धित निकायलाई बुझाएको पत्रहरुलाई समेत बेवास्था गरि मेडिकल क्षेत्रका विज्ञहरु संगको राय समेत नलिई हचुवाको भरमा पेश गरेको प्रतिवेदनको घोर भर्सना समेत गरेको छ । यस प्रतिवेदन पुनरावलोकन नभए नेपाली विद्यार्थीलाई स्वदेशमा अध्ययन गर्न पाउने उनीहरुको नैसर्गिक अधिकारलाई बन्चित गर्ने निजी मेडिकल कलेजहरुको भनाई छ । आर्थीक रुपमा पनि अरवौं रुपैयाँ नेपाल बाहिर जाने स्थितिको सृजना प्रतिवेदनले गराएको छ यसमा सम्बन्धित निकाय चनाखो रहन आवश्यक छ एशोसिएसनले भनेको छ ।
एशोसिएसनले छलफल गर्ने समय हुदा हुदै पनि स्वदेशी मेडिकल कलेजहरुलाई बन्द गर्ने र विदेशी मेडिकल कलेजहरुलाई प्रोत्साहन गर्ने उदेश्य सहित प्रतिगामी शैलिमा बुझाएको प्रतिवेदन आफुहरुलाई कुनैपनि कोणबाट मान्य नहुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

shiva2-696x522

तारुकामा गौरा–पार्वती अस्पतालको निर्माणप्रक्रिया सुरु

Shares बैशाख २३ ।नुवाकोट तारुका स्थित आँपचौरमा प्रश्तावित गौरा–पार्वती सामुदायिक अस्पतालको निर्मांण कार्यको प्रक्रिया सुरु ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super