Home » Featured » अमेरिकाको चेत खुल्यो – अब दिल्लीको आँखा कहिले खुल्ला गम्भीर प्रश्न !!
pampi & jayashankar

अमेरिकाको चेत खुल्यो – अब दिल्लीको आँखा कहिले खुल्ला गम्भीर प्रश्न !!

Shares

–दिल्ली डायरी–

pampi & jayashankar
अमेरिकाको चेत खुल्यो – अब दिल्लीको आँखा कहिले खुल्ला गम्भीर प्रश्न !!

हालै अमेरिकी सिनेटको उपसमिति बैठकमा बोल्दै अमेरिकी विदेश सहायमन्त्रीले नेपाल चीनमय भएको र चिनियाँ रणनीतिभित्र पूर्णतः सहयोगी बन्न पुगेको अभिव्यक्ति दिएको खबर सुन्दा कुनै अनौठो अनुभूति नगर्ने नेपाली बुद्धिजीवीवर्गले बल्ल अमेरिकी चेत खुलेको र अब दिल्लीको अवधारणा के त प्रश्न उठाउन थालेको अखबारी खेती भित्रको प्रसंगको जवाफ ‘साउथब्लक’ले कहिले देला प्रतिक्षाको विषय बनेको पनि यथार्थ हो । भारतीय प्रधानमन्त्री नरेन्द्रभाइ मोदी र भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरले सी भ्रमणको प्रभावबारे विभिन्न इकाइमार्फत् ‘रिपोर्ट’ कलेक्सन गरिरहनुभएको छ, सम्भवतः केही दिनभित्रै प्रतिक्रिया आउन सक्दछ ।
दिल्लीको बुद्धिजीवीवर्ग ‘सीको भ्रमणपश्चातको ‘रणनीतिक’ चीनमय नेपाली नीतिले ‘नेपाल–भारत १९५० को शान्ति तथा मैत्री सन्धि’माथिको पुनरावलोकन स्वरुपको ‘इपीजी’ प्रतिवेदनलाई फेरि अलपत्र पार्ने अवस्था थपिन सक्नेमा डर मानिरहेको छ । अमेरिकाले ‘इण्डोप्यासिफिक’ रणनीतिक केन्द्र ठानेको नेपाल सीको भ्रमणपश्चात रातारात चिनियाँ ‘रणनीतिक’ सहयात्रामा ढल्केको सत्यलाई हालै प्रत्यक्ष रुपले प्रतिक्रिया जनायो– अब दिल्लीको पालो आयो दिल्लीको चेत कहिले खुल्ला समयले बताउला नै । तर ओलीको कम्युनिष्ट सरकार चिनियाँ ‘रणनीतिक’ पात्र भयो– असंलग्न रहेन यो कटु यथार्थलाई भने नेपाली जनताले कसरी लेलान्– प्रतिक्षा गरौं कि ?
– दर्शकको कलमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

laxmi

महालक्ष्मीले मानव मात्रको कल्याण गरुन्

Shares महालक्ष्मीले मानव मात्रको कल्याण गरुन् याश्रीः स्वयं सुकृतिनां  भुवनेश्वलक्ष्मीः पापात्मनां   कृतधियां  हृदयेषु   बुद्धिः । श्रद्धासतां  ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super