Home » Featured » –देउवा आलम बचाउ अभियानमा –

–देउवा आलम बचाउ अभियानमा –

Shares

–देउवा आलम बचाउ अभियानमा –


‘कांग्रेसको ‘इमेज’ अझै अधोगतितिर !!

लोकमानसिंह प्रकरण, आइजीपी बनाउने खेल, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धका महाअभियोग एवं वाइडबडी खरिद जस्ता कुरामा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रत्यक्ष भूमिकाका कारण बदनामीको रामनामी ओढेको नेपाली कांग्रेस– आज आएर फेरि एकपल्ट कांग्रेसी केन्द्रीय सदस्य आलमलाई बचाउन ‘एडिचोटी’ गरिरहेका देउवा चरित्रलाई देख्दा तीनछक्क परेको खबर छ ।
१९६४ मा भएको रौतहट बमविस्फोट प्रकरणमा विशुद्ध रुपले पूर्वसांसद आलम जिम्मेवार रहेको मात्र हैन– कैयौं व्यक्तिलाई ईंटाभट्टामा जिउँदै जलाइएको आपराधिक कार्यको मुख्य योजनाकार व्यक्तिसमेत आलम नै बनेको पुष्टि हुँदै गैसकेको छ । यस्तो स्थितिमा आलममाथि कारबाही गरियोस् भन्नु सट्टा अन्याय भयो– १२ वर्षपछि मुद्दा चलाउन पाइन्न जस्ता अभिव्यक्ति देउवाबाट आइरहनु ठूलो दुर्भाग्य मानिएको छ– नेपाली जनताको नजरमा पूरै कांग्रेसको ‘इमेज’ गिर्दै गैरहेको छ । पार्टी अझै अधोगतितिर जाने डर बनेको छ । कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला नेपाली कांग्रेसको भावी पार्टी सभापतिको सम्भावनातिर अघि बढिरहेको र डा.शशांक– सुजाता सबैको सहमति समर्थनले अब फेरि नेपाली कांग्रेसले कोइराला परिवारकै नेतृत्व पाउनसक्ने अवस्था पनि बनिरहेको छ ।
कुरा स्पष्ट छ– वर्तमान सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई सबैको बनाउने प्रयास भन्दा आफ्ना काँटाचम्चा– कोटारी मार्फत् पार्टी चलाउने तरिकामै यो कार्यकाल बिताउनुभयो– कैयौं गलत कुरामा विवादित भएको पनि पाइयो, अझै आलम समातेर बस्नुभएको छ, जसले नेकपाजस्तो बलियो शक्तिलाई विभिन्न गुटमा विभक्त कांग्रेसले प्रतिकार गर्न सम्भव देखिइरहेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल र देउवाको भागबण्डामै कांग्रेस प्रतिदिन कमजोर भैरह्यो भैरहेछ– यो कुरालाई नेपाली बुद्धिजीवी मात्र हैन– आम नागरिकले पनि अनुभव गरिबसेको विषय छ ।
यसैले देउवा वा पौडेल नेतृत्वले भोलिको कांग्रेसको भविष्य नै देखिंदैन, आम कांग्रेसी कार्यकर्ता बहुमतजन्य रुपको सोचमा भेटिन्छ, यसैले कृष्ण सिटौला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा.शशांक वा डा.शेखर– जो कोही पनि आकांक्षी हुनुहुन्छ– सबै बसेर यौटाका पक्षमा उभिएर कांग्रेसलाई नयाँ नेतृत्वसहित समयसापेक्ष गतिमा कांग्रेस पार्टीलाई अघि बढाउनु जरुरी छ– अन्यथा तत्कालमा त कांग्रेसको भविष्यनै अन्धकारमय देखिन्छ । – इकाशको कलमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

laxmi

महालक्ष्मीले मानव मात्रको कल्याण गरुन्

Shares महालक्ष्मीले मानव मात्रको कल्याण गरुन् याश्रीः स्वयं सुकृतिनां  भुवनेश्वलक्ष्मीः पापात्मनां   कृतधियां  हृदयेषु   बुद्धिः । श्रद्धासतां  ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super