Home » Featured » – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –
xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

xi & bidya
अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो

केही मैन्हापूर्व अमेरिकी विदेशमन्त्री पम्पियोको निमन्त्रणामा वाशिङ्टन पुगेर ‘इण्डोप्यासिफिक’ रणनीतिको केन्द्र नेपाल भएर यस क्षेत्रको समग्र सुरक्षालगायत समृद्धि मार्गमा अमेरिकी सहयोग सद्भावको ५५ अर्बको अंक तालिका नेकपाको बहुमतजन्य ओली सरकारको दृष्टिमा भोलिका दिनमा कसरी अघि बढ्ला त्यो त जिज्ञासाको विषय भयो नै तर– सबैभन्दा महत्वपूर्ण कुरा चाहीं हालै सम्पन्न चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणपश्चात् ‘अमेरिकी इण्डोप्यासिफिक रणनीतिक’ अवधारणालाई प्रतिस्थापित गर्दै नेपाललाई पूर्णतः चिनियाँ रणतीतिक’ अभियानभित्र प्रतिबद्ध हुँदै नेपाल अब चीनको अभिन्न सहयात्री रुपमै नेपाली राजनीति चीनमय बनेको स्थिति र नेपाल कम्युनिष्ट पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको भगिनी संस्था भएर सी जिन पिङको राजनीतिक– सामाजिक– आर्थिक– अन्तर्राष्ट्रिय कार्ययोजना अब नेपालमा पनि लागू गरिने ओली सरकारको संखघोषले चिनियाँ राष्ट्रपति सीको काठमाडौं आगमन ‘नेपालमा अमेरिकी र भारतीय रणनीतिक स्थितिलाई निस्तेज पार्न धेरै मात्रामा सफल रहेको प्रमाणित हुँदै गइरहेको ताजा मूल्यांकन आजका अखबारी खेतीले स्पष्ट देखाइरहेका पनि छन् ।
‘अमेरिकी रणनीतिक’ शब्दको ‘काउन्टर’ दिन सीको भ्रमण पश्चात नेपाल चिनियाँ ‘रणनीतिक’ अवधारणाभित्र प्रवेश गरी अघि बढेको र अब भविष्यमा ‘इण्डोप्यासिफिक’ विस्थापित भएर समग्रमा चिनियाँ पक्षमा नेपाल रहेको उद्घोषः शिक्षा– स्वास्थ्य– सांस्कृतिक– सामाजिक वा सुरक्षा प्रतिबद्धतामा ‘असंलग्नता’को औचित्यहीनता सिद्ध भएर चीनको अनन्य सहयात्री बनेको आजको यथार्थले नेपालको परराष्ट्र नीति अन्तर्राष्ट्रिय जगतका लागि के कस्तो रुपमा व्याख्या होला वा सन्देश जाला भोलिका लागि खोजको विषय होला– तर सीको नेपाल ‘बसाई’ नेपाललाई पूर्णतः चीनको पक्षमा ढाल्दै भारत र अमेरिकालाई ‘नेपाल’ चिनिया काखमा बसेको छ– उत्तर कोरियाजस्तै अब नेपालको कम्युनिष्ट सरकार चीनकै प्रतिनिधि पात्र हो– करारा सन्देश दिन सफल रहेको छ । चिनियाँ राष्ट्रपति सी बधाईका पात्र हुनुभएको छ– ओली प्रचण्डको नेकपाले ५० वर्ष शासन गर्ने ग्यारेन्टी मिलेको छ । चीनको ‘बीआरआई’ योजना अब नेपाल भएर विश्वभर फैलिने छ । अमेरिकालाई चीनले पछाडि धकेलिदिएको बुझिन्छ ।
राष्ट्रपति सीको नेपाल भ्रमण पश्चात ओली सरकारले तिब्बती शरणार्थी तथा तिब्बती जनता विरुद्धमा कडा नीति अपनाएर दुःख दिने सम्भावना बढेको बारे अमेरिकी चिन्तासँगै समस्त अन्तर्राष्ट्रिय जगत हङकङ– तिब्बतमा भैरहेको मानवअधिकार पक्षीय आन्दोलनप्रति अझ बढी सहानुभूति राख्ने दिशामा अभिमुख देखिएको अखबारी खेती पनि नकारिन सक्ने अवस्थामा छैन । अमेरिकाले आफ्नो मुखै खुलेर प्रष्टसँग शरणार्थीबारे बोलिसकेको स्थिति छ, जसले गर्दा नेपालको कम्युनिष्ट सरकारले कति मात्रामा चीन पक्षे नीति लिन्छ, तिब्बतीहरुलाई सुपुर्दगी अभियान चलाउँछ– प्रतिक्षारत विषय चाहीं अवश्यै बनेको छ । –कश्यपको कलमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

laxmi

महालक्ष्मीले मानव मात्रको कल्याण गरुन्

Shares महालक्ष्मीले मानव मात्रको कल्याण गरुन् याश्रीः स्वयं सुकृतिनां  भुवनेश्वलक्ष्मीः पापात्मनां   कृतधियां  हृदयेषु   बुद्धिः । श्रद्धासतां  ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super