Home » Featured » नेपालको विकासमा अमेरिकी चासो !!
MMMMM

नेपालको विकासमा अमेरिकी चासो !!

Shares

नेपालको विकासमा अमेरिकी चासो !!

MMMMM
नेपालको विकासमा अमेरिकी चासो एवं सद्भावको निरन्तरता वर्षाैबाट चालु छ, हालैमा आएर इण्डोप्यासिफिक क्षेत्रको शिक्षा, स्वास्थ्य, सामाजिक उत्थान एवं विकास निर्माणका लागि भन्दै अमेरिकाले नेपाललाई ५५ अर्बको सहयोग घोषणा गरेको छ तर यसमा भारतीय सद्भाव पनि चाहिन्छ अमेरिकी तर्क चाहीं के आधारमा आयो– प्रश्न कै अवस्थामा छ ।
हुन त भारतले नेपालको विकासमा अर्बाैको सहायता दिइरहेको छ तर भारतीय योजनाहरुको प्रगति सन्तोषजनक छैन– जनगुनासो चलिरहेछ– यसतर्फ भारतीय पक्षको ध्यान जानु धेरै जरुरी छ ।
अहिले नेपालमा चलेका साना ठूला सयौं योजनामा चिनियाँ कम्पनी र चिनियाँ सरकार प्रत्यक्ष सहभागिता छ, चाहे मेलम्ची होस्– त्रिशुली योजना– बुढी गण्डकी वा पोखरा विमानस्थल वा अन्य विकास आयोजना सर्वत्र चिनियाँ ठेकेदारको प्रत्यक्ष अप्रत्यक्ष हात रहेको छ र सयौं योजना समयमा पूरा नभएर अलपत्र मात्र छैनन्– यी ठेकेदारहरुको संलग्नताले नेपालमा जुन व्यापक भ्रष्टाचार मौलायो वा मौलाइरहेछ– त्यसपट्टि नेपाल सरकारको ध्यान नगएको पनि स्पष्ट छ ।
सरकारले कारबाही गर्न खोज्यो कि चिनियाँ राजदूत ठेकेदारको पक्षमा पैरवी गर्न जाने घटनावलीले नेपाल सरकार बारम्बार निरीह बनेको छ । चाहे झापा वा मोरङ वा काठमाडौं सर्वत्रः न्यूनतम मूल्यको ठेक्काका नाममा ः कर्मचारीवर्गले चिनियाँ ठेकेदारमार्फत् भ्रष्टाचारलाई संरक्षित राखिराखेको अवस्था छ । यस स्थितिमा नेकपा कम्युनिष्ट पार्टी र त्यसको सरकार स्वयंप्रति चिनियाँ कम्युनिष्ट पार्टीको हैकम र नेपालमा सी विचारको कार्यान्वयनले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालप्रति जाने नकारात्मक सन्देशलाई ओली सरकारले कसरी सफाइ देला– साउथ ब्लक– वासिंङटठन र युरोपेली समाजले हेरिबसेको अवस्था छ– चेतना भया !
कश्यपको कलमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super