Home » Featured » सिको नेपाल आगमनः स्वागतको तयारी
bidya & xi

सिको नेपाल आगमनः स्वागतको तयारी

Shares

सिको नेपाल आगमनः स्वागतको तयारी

bidya & xi
छिमेकी मित्रदेश चीनका राष्ट्रपति महामहिम सी जिनपिङ आगामी केही दिनभित्रै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीजीको हार्दिक निमन्त्रणामा काठमाडौं आउँदै हुनुहुन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्रभाइ मोदीजीको निमन्त्रणा मानेर स्वदेश फर्किने सिलसिलामा राष्ट्रपति सी १ रातका लागि काठमाडौं उत्रदै हुनुहुन्छ । १९९६ पछि अर्थात २४ वर्षपछि चिनियाँ राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । केरुङ–काठमाडौं रेलमार्गको खर्चलगायत ‘आउटर रिङरोड’ आदि अन्य केही जलविद्युत आयोजनामा चिनियाँ ऋण सहयोग सहायताको बचनबद्धता चिनियाँ राष्ट्रपतिबाट नेपालले चाहेको बुझिएको छ । तर नेपाली बुद्धिजीवी एवं पूर्व परराष्ट्रविज्ञहरु यत्रो ठूलो भ्रमणः सम्बन्धमा नेपाल सरकारले न विपक्षी दल न अन्य बुद्धिजीवी कसैसँग कुनै प्रकारको पनि सरसल्लाह छलफल नगरिएकोमा आश्चर्य मानेका छन् ।
स्मरणरहोस्– सत्तारुढ नेकपाले आफ्नो पार्टीलाई चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठनझै प्रस्तुत गरिनु– चिनियाँ नेताहरुबाट तालिम लिइनु राष्ट्रपति सीलाई खुशी पारेर जसरी हुन्छ आफ्नो कार्यकालमा सीको काठमाडौं भ्रमण गराउनु रहेको देखियो । तर युरोप, अमेरिका, रुस, जापान, भारत सर्वत्रको प्रजातान्त्रिक शक्तिलाई नेपालमा ‘कम्युनिष्ट शक्ति’को उदय भन्दै सी विचारलाई स्थापित गराउन खोज्नुले नेपालका लागि कति हितकारी स्थिति आउँला– प्रश्न चाहीं गम्भीर छ ।
इकाशको कलमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super