Home » Featured » महाराजीको बिचल्ली– सहमति बिग्रियो !!
mahara-roshni

महाराजीको बिचल्ली– सहमति बिग्रियो !!

Shares

महाराजीको बिचल्ली– सहमति बिग्रियो !!

 

mahara-roshni
सभामुख कृष्णबहादुर महराकी महिलामित्र रोशनी शाहीले २०४८ सालदेखिको गहिरो सहमतियुक्त व्यवहारलाई बढी लाभको अपेक्षामा हो वा अन्य कुनै कारणः महराजीमाथि त्यसदिनको बसउठलाई बलात्कारको संज्ञा दिएर प्रहरीमा खबर गरी दिइछन्– फलतः महराजी शाहीको डेरा छोडेर भाग्नु परेको कथा कहानी नेपालको इतिहास स्वयंमा पहिलो घटना हुन पुगेको छ । श्री महराले घटना नै भएको छैन भने पनि सीसीटिभी र प्रहरी अनुसन्धान हेर्दा घटना भएकै प्रमाण प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालजीसमक्ष पेश भएपछि स्वतः नैतिकतावश महराजीले सभामुख पदबाट राजीनामा दिनै पर्याे– घटनावली यस्तै देखिन्छ ।
स्वतः स्पष्ट छ– रोशनीजी र महराजी बीचको लामो मित्रता थियो– डेरामा जाउ आउ थियो यसमा द्वैमत नै रहेन । तर रोशनीले म ‘डिप्रेशनमा’ थिएँ भनेर रिसको झोंकमा हुँदै नभएको बलात्कार आरोप कसरी लगाइन त ? प्रश्न गम्भीर एवं छानविनयुक्त नै देखिन्छ ।
महराजीले सांसद पदबाट राजीनामा नदिएकोमा पार्टीभित्र आक्रोश त छँदैछ अब पार्टी केन्द्रीय तहले उहाँलाई पार्टीबाट निष्काशन गर्ने सम्भावना पनि बढेको खबर छ । हुन त उहाँका छोराहरुले आ–आफ्ना काँधमा बन्दुक लिएर महरामाथि कारबाही भएमा पुनः जंगल पस्ने र जनयुद्ध चर्काउने घोषणा गरेको ‘फेसबुक’ म्यासेज स्वयंमा बचकाना व्यवहार मानिएको छ– तैपनि छोराहरुको माध्यममार्फत् महराजीले आफू विप्लवसँग मिल्न जानसक्ने र जनयुद्ध चर्काएर ओली प्रचण्ड पार्टीविरुद्धको अभियान छेड्ने अप्रत्यक्ष धम्की दिएको अनुभूति कताकता बुद्धिजीवीवर्गले गरेका छन्– जेहोस् सत्यतथ्य चाँडै बाहिर आओस् जनअपेक्षा यही छ ।
– हाम्रा सम्वाददाताबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super