Home » Featured » विचरा माधव नेपाल अलपत्र
nekapa-sachibalaya

विचरा माधव नेपाल अलपत्र

Shares

नेकपामा ओलीको वर्चश्व

nekapa-sachibalaya
विचरा माधव नेपाल अलपत्र

नेकपाको केन्द्रीय तहमा प्रधानमन्त्री केपी ओली पक्ष कमजोर देखिएथ्यो, झलनाथ खनाल, माधव नेपाल– वामदेव गौतम, रामबहादुर थापा, विष्णु पौडेलमध्ये विष्णु पौडेल मात्रै ओलीजीका अकाट्य भक्त थिए । प्रचण्डजीले ओलीजीलाई साथ दिन खोज्दा पनि झलनाथ– माधव नेपाल र वामदेव गौतमले खुलेर विरोधी भूमिका खेल्न थालेको अनुभव गरेका प्रधानमन्त्री ओलीले प्रचण्डलाई अध्यक्षको सम्पूर्ण कार्यकारी अधिकार दिने वा प्रधानमन्त्री पद दिने दुईमध्ये एक निर्णय चाँडै नै लिने प्रस्तावसहित वामदेवलाई उपाध्यक्ष, झलनाथ खनाललाई माधव नेपालभन्दा माथिको सम्मान र भावी राष्ट्रपतिको प्रस्ताव अनि ईश्वर पोखरेललाई मागेको स्कुल विभाग दिएर पार्टीभित्रको आफ्नो कमजोरी हैसियतलाई रातारात वर्चश्वतामा परिणत गराउन सफलता हासिल गरेको खबरले नेकपाको अलमललाई कति किनारा लगायो भन्न त सकिंदैन– तर पनि नेकपाभित्र प्रचण्ड– ओली संयुक्त सहमतिका अगाडि माधव नेपाल, झलनाथ वा वामदेव प्रवृत्ति शक्तिको केही जोड छैन स्पष्ट भने भएको छ ।
हुन त खबर छ– माधव नेपालजीले ओलीजीको एकल निर्णयहरुप्रति आरोप असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ को नाटक सुरु गर्नु भएको छ । सम्भवतः भारतीय विदेश मन्त्रालयको (साउथ ब्लकको केभी राजन शक्ति) यौटा तत्व माधव नेपालको पुनःसंरचनामा छ भन्नेहरुको कुरा सुन्ने हो भने माधव नेपाल ओली प्रचण्ड शक्तिलाई कटुट पार्ने यौटा खेलाडी साबित नहोलान् पनि भन्न सकिन्न । प्रश्न यत्ति छ– जयशंकरजी काठमाडौं आएर फर्कनुभयो, भ्रमण सद्भावपूर्ण रह्योः माधव नेपाल, ओलीपक्ष भन्दा बढी खुशी हुनुहुन्छः किन्तु परन्तु नेकपाभित्रको चिनियाँ पक्षसँगको सहयात्रामा माधव नेपालजीको चलखेल को परिणति पनि त हेर्नुपर्छ कि पर्दैन ? एकथरि नेकपा नेता कार्यकर्ता प्रश्न चाहीं उठाइरहेकै छन् । हाम्रा सम्वाददाताबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super