Home » Featured » सर्वाेच्च अदालतको आस्था घटिरहेछ !!
cholendra

सर्वाेच्च अदालतको आस्था घटिरहेछ !!

Shares

– जनता निराशामा –

सर्वाेच्च अदालतको आस्था घटिरहेछ !!

cholendra
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नियुक्त भएपछिका २–४ निर्णयशैलीपश्चात सर्वसाधारण जनतामा न्याय सर्वसुलभ भन्दा पनि निष्पक्ष हुन्छ कि भन्ने अपेक्षा जागेको थियो । साथै भ्रष्टाचारविरुद्धका मुद्दा तथा ठूला करदातासम्बन्धी आर्थिक ऋण असुली वा राष्ट्रिय सम्पत्तिमाथि निजी व्यक्तिको चलखेलमाथि रोक वा ठूला कर्मचारी बैंक, ठेकेदार, आदि इत्यादिले कानुनी दाउपेचको छिद्रमार्फत् अदालतबाट सफाइ लिने प्रवृत्तिमाथि नियन्त्रणको पक्षमा सर्वाेच्च अदालतबाट ठूला र निर्भिक निष्पक्ष फैसलाको चाहना आम न्यायप्रेमी पक्षको ठूलो कामना थियो । खासगरी ‘फाष्टट्रयाक’ कदम मार्फत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वको सर्वाेच्च अदालतले केही नयाँ इतिहास रच्ला कि ! भन्ने थियो ।
तर दुर्भाग्य पुरानै ढर्रा र दकयानुशी कानुनी झिंगा टसाइ एवं परम्परागत कानुनको नौसिङे प्रवृत्ति कै निरन्तरता चल्यो, चलिरहेछ । ठूला भ्रष्टाचारी, आर्थिक चलखेलकर्ता तथा प्रत्येक रिट कर्ताको पक्षमा परमादेश दिने कार्य भैरहेछ जसले गर्दा न्यायाधीशहरुमाथि कतै नैतिकताको प्रश्न त कतै आर्थिक लेनदेनका कर छलीसम्बन्धी अर्बाै करोडौंका अंक राख्ने मुद्दा कुरा वा पूर्णिमा सिंहको दाइजो मुद्दा ब्युँताउने खेल वा अख्तियारले मुद्दा पेश गरेका अकूत सम्पत्ति वा भ्रष्टाचारका मुद्दामा सर्वाेच्चका माफि फैसला विवादित बनिरहनु र कतिपय विगत वा वर्तमान सबैमा प्रधानन्यायाधीश राणाज्यूको प्रत्यक्ष– अप्रत्यक्ष संलग्नता छ भनिनुलाई शुभ लक्षण मानिन्न पनि । साथै भ्रष्टाचारयुक्त न्यायको अपेक्षालाई यसले प्रोत्साहित नगरेको अर्थमा नेपाली जनताले यसलाई लिएका छन्– यो स्वतः दुःखको कुरा हो । जसले प्रधानन्यायाधीश राणाको कार्यकालको सुनौलो इतिहास लिपिबद्ध गर्दै छैन– सम्बन्धित क्षेत्रको नेतृत्व एवं सम्बद्ध व्यक्तित्वहरुमा चेतना भया ।
दर्शकको कलमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super