Home » Featured » –ओलीविरुद्ध माधव नेपाल–
madhav & prachanda

–ओलीविरुद्ध माधव नेपाल–

Shares

सम्भवतः प्रचण्डजी प्रधानमन्त्री !!
–ओलीविरुद्ध माधव नेपाल–

madhav & prachanda
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीजीको वर्चश्वमुखी चरित्र अर्थात् आफ्नो मनको गर्ने व्यक्तित्वःका कारण नै मुलुक अधोगतिमा जान लागेको सरकारप्रति जनविश्वास गुमेको र पार्टीको छवि धुमिल हुँदै गैरहेको आरोप साथ पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाभित्र विद्रोहको शंखघोष साथ आफ्नो मन मिल्ने साथीहरुको भेलामार्फत् ओलीजीलाई कट्टु पार्ने राजनीतिको थालनी सुरु हुनुलाई वामएकताको स्खलनका रुपमा मात्र हैन, नेपाली राजनीति पछाडि राष्ट्रिय अन्तर्राष्ट्रिय चलखेल सुरु भएको अनुभव पनि गरिएको छ ।

स्मरणरहोस्– माधव नेपालजी साउथ ब्लक (दिल्ली)का धेरै नजिकका मित्र मानिनु हुन्छ, बिमस्टेक सम्मेलनको निर्णयविरुद्धमा गएर सैनिक अभ्यासबाट पन्छिनु तर चीनीया सैन्यसँग नेपाली सेनाको संयुक्त तालिम चल्नु– बुढीगण्डकी आयोजना चीनीया कम्पनीलाई दिने सेतीबाट हात झिक्न खोजेको चीनीया कम्पनीलाई फकाउने काममा लागेको मात्र हैन– चीनीया राजदूतले क्षतिपूर्ति दिन सिफारिश गरेका सम्पूर्ण चीनीया कम्पनीको मागलाई तत्काल पूरा गरी दिने आदेश मात्र हैन, संयुक्त राष्ट्रसंघ महासभामा भाग लिदाका ओलीजीका भाषणहरु अप्रत्यक्षतः भारतविरोधी भाव राख्ने अर्थात् भारतविरुद्ध अन्तर्राष्ट्रियकरणको प्रयासका रुपमा अर्थिन पुगेकोले केभी राजनका परममित्र माधव नेपालजीले केपी ओलीविरोधको झण्डा उठाउनलाई दिल्लीको चाहनाका रुपमा लिन थालिएको अर्थ लगाउनेहरु पनि भेटिएका छन् ।

नेकपाको (पुराना एमाले– नेता कार्यकर्ता) यौटा ठूलै समूह ओलीजी भन्दा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजीको व्यवहार कुशलता तथा सम्पर्कयुक्त सरसल्लाह व्यक्तिगत भेटघाटको कार्यशैलीबाट प्रभावित बुझिन्छ ।

ईश्वर पोखरेल– भीम रावल जस्ता युवा नेताहरु ओलीजीबाट टाढा भएको र वामदेव गौतम पनि प्रचण्डजी नजिक जान बाध्य स्थिति केलाउँदा माधव नेपाल र प्रचण्डजी मिल्दाको अवस्थामा प्रचण्डजी र माधवजीमध्ये एकले निकट भविष्यमै ओलीजीको ठाउँमा प्रधानमन्त्रीत्व सम्भाल्ने परिस्थितिको आँकलन अकस्मात अखबारी खेतीमा देखा परेको छ । पाठकवर्गलाई थाहै छ केही दिन पूर्व दिल्ली भ्रमणमा रहँदा प्रचण्डजीले भावी प्रधानमन्त्रीका रुपमा भारतीय अखबारलाई अन्तर्वार्ता दिनुभएको थियो ।

दर्शकको कलमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super