Home » Featured » मधेशवादी दलमाथि केन्द्रीय सरकारको प्रभाव
madeshiharu

मधेशवादी दलमाथि केन्द्रीय सरकारको प्रभाव

Shares

मधेशवादी दलमाथि केन्द्रीय सरकारको प्रभाव

madeshiharu
खास गरेर प्रदेश नं २ मा मधेशवादी दलहरु महन्थ ठाकुरजीको राष्ट्रिय जनता पार्टी र उपेन्द्र यादवजीको संघीय फोरम दुई दलको संयुक्त शक्ति मात्रले २ नम्बर प्रदेश सरकार बन्न सक्ने अवस्था रहेन । केही सिटको अभावमा वाम गठबन्धन वा कांग्रेसको समर्थन पनि जरुरी देखिन्छ ।
तर पनि सम्भवतः उपेन्द्र यादवजीको नेतृत्वको संघीय फोरम प्रदेश सरकार बनाउने पैल्हो हक दावीमा पुगेकाले र यादजीसँग प्रचण्डजीको संगतका कारणले वाम गठबन्धनले निजलाई पूर्णतः साथ दिने अवस्था छ । मधेशी दलहरु मिल्ने स्थिति सम्बन्धमा राजेन्द्र महतो र महन्थ ठाकुरबीचको ‘पार्टीको वर्चश्व’को टुंगो नलागेसम्म आजै नै यस्तै हुन्छ भन्ने अनुमान हुन नसक्ने भएको छ ।
भारतसँगको अत्यन्त सामिप्यता प्रदर्शन गरी बस्ने राजेन्द्र महतोजी र संघीय फोरमको पहाडमधेश एक भन्ने नाराबीच समानता छैन– देखिंदैन । अशोक राई, राजेन्द्र श्रेष्ठ जस्ता व्यक्तित्वहरु उपेन्द्रजीका सहयात्री छन्, तसर्थ एक प्रकारले भावनात्मक रुपमै दुई दलको चरित्र भिन्न बन्ने सम्भावना हेर्दा दुवै मधेशी दलको भिन्न स्वभाव प्रदेश सरकार गठनमा अवश्य पर्छ पनि ।
यसैले जब केन्द्रमा वाम सरकार बन्ने र ओलीजी प्रधानमन्त्री निश्चित अवस्थामा प्रदेश राजनीतिमा स्वभावतः केन्द्रको पक्ष–विपक्षले अवश्य काम गर्छ– गर्नेछ यसमा द्वैमत छैन । यही तर्कलाई केलाउँदा अबको मधेश नेतृत्वको ‘वर्चश्व’ उपेन्द्र यादवजीकै हातमा पुग्छ– पुग्दैछ । महन्थ ठाकुरजी र राजेन्द्र महतोको ‘एकल व्यक्तित्व’को विभाजनको फाइदा वाम गठबन्धन र उपेन्द्रजीलाई स्वतः मिल्छ– यसमा शंकै छैन, यसर्थ– आजको अन्यौल स्थिति ः न त दिल्ली न त मधेश मतदाता ः सबैका लागि अनिश्चयको खबर बनेको र संभवतः यो केही कालसम्म ‘अनिश्चयको बन्दी’ बनि नै रहने देखिन्छ । –हाम्रा टिप्पणीकारबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super