Home » Featured » नेउवा संघमा भवानी राणा
bhawani-rana-team

नेउवा संघमा भवानी राणा

Shares

नेउवा संघमा भवानी राणा

bhawani-rana-team
शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष चुनिए

नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन सकियो– विधानअनुसार उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष हुने प्रक्रियाको खानापूर्ति भयो । अध्यक्ष पशुपति मुरारका भूतपूर्व अध्यक्ष हुने र राणापछिको अध्यक्ष हुने वरिष्ठ उपाध्यक्ष पदका लागि चुनाव भएर उद्योगपति व्यापारी शेखर गोल्छा उक्त पदमा निर्वाचित भएको घोषणा भयो ।

उहाँका प्रतिस्पर्धी किशोर कुमार प्रधानले आफ्नो हार स्वीकारे पनि नेउवा संघमा अध्यक्ष– उपाध्यक्ष स्वयंले पक्षपातपूर्ण र गुटबाजीको पृष्ठपोषण गरी पदीय दुरुपयोग गरेकाले वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनलाई एकपक्षीय रुपले प्रभावित गरेको कारणले आफ्नो हार भएको गुनासो पनि खुलेआम व्यक्त गर्नुभएको पाइयो ।

अध्यक्ष पशुपति मुरारका र उपाध्यक्ष भवानी राणाले विदेशी उत्पादनलाई नेपाली उत्पादनको प्रमाण बाँडेर करोडौं कमाउने गरेको आक्षेप, बदनामी भोगिबसेको नेउवासंघलाई वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कसरी अवगालमुक्त राख्नु हुनेछ ? गम्भीर प्रश्न छ । अध्यक्ष भवानी राणाजीको ‘ब्यूटीपार्लरयुक्त मुहार’को प्रभाव मात्रले आगामी दिनमा नेउवासंघले देशभरका उद्योग व्यवसायीको समग्र हकहितका लागि निजी स्वार्थबाट माथि उठेर अघि बढ्न कति सम्भव होला ? प्रतिक्षाकै कुरा हुन्छ– तापनि वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुरारका, राणाको लोभानी– पापानीयुक्त चरित्र भन्दा पृथक कौशल प्रदर्शनद्वारा इमान्दारिता प्रदर्शित गर्दै आफ्नो कर्मठता कसरी सिद्ध गर्नुहुनेछ ? त्यो हेर्नु जरुरी छ– नेपाली बुद्धिजीवी वर्ग यसैमा अपेक्षित रहेको छ । अस्तु ।

– कश्यपको कलम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super