Home » Featured » नर्भिकको निःशुल्क आकस्मिक क्लिनिक
megha chaudhary

नर्भिकको निःशुल्क आकस्मिक क्लिनिक

Shares

नर्भिकको निःशुल्क आकस्मिक क्लिनिक

megha chaudhary
नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा विमानस्थलको आन्तरिक टर्मिनल भवनमा स्थापित निःशुल्क आकस्मिक स्वास्थ्योपचार क्लिनिकको शुक्रबारबाट औपचारिक सुरू भएको छ । नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्य र विमानस्थलस्थित नागरिक उड्डयन कार्यालय, नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक देवानन्द प्रसाद उपाध्यायले संयुक्त रुपमा रिवन काटी उक्त कक्षको उद्घाटन गरिएको थियो ।
स्मरणरहोस्, नर्भिक इन्टरनेशनल हस्पिटलले यसअघि नेपाल पर्यटन बर्षको अवसर पारेर सन् २०११ देखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको निःशुल्क आकस्मिक एवम् प्राथमिक उपचारका लागि सुसज्जित निःशुल्क आकस्मिक चिकित्सा सेवा कक्ष सञ्चालनमा ल्याइसकेको छ ।
उक्त कक्षको सञ्चालनमा ६ वर्षभन्दा बढी समयको अनुभव बटुलेको नर्भिकले हाल आन्तरिक हवाई यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै आन्तरिक टर्मिनल भवनमा समेत त्यस खाले सुविधा पु¥याउन लागेको छ । साथै निःशुल्क आकस्मिक क्लिनिकमार्फत् नर्भिकले आन्तरिक हवाई यात्रीहरूमा आइपर्न सक्ने कुनै पनि आकस्मिक चिकित्सा आवश्यकतालाई परिपूर्ति गर्ने लक्ष्य पनि लिएको बुझिएको छ ।
क्लिनिकले निबुलाइजेसन, इ.सी.जी. सेवा, रक्तचाप मापन यन्त्र, जीवनदायी सङ्केतहरूको मापन र परीक्षण, चिकित्सकीय जाँच र परामर्श, रक्त सुगरको परीक्षण, प्राणवायुको मात्रारसंतृप्ति, ट्रली शय्या र आवश्यक पर्दा वा आकस्मिक अवस्थामा भेन्टिलेटको सेवारसुविधा समेत प्राप्त गर्नेछ।
यसबाहेक उक्त क्लिनिक नजिकै सुसज्जित मोवाइल सी.सी.यु. (अति विशिष्ट एम्बुलेन्स) को सेवा उपलब्ध हुनेछ । उक्त एम्बुलेन्समा जीवनरक्षाका सबै अत्यावश्यकीय उपकरणहरू जस्तैः पोर्टेबल भेन्टिलेटर, डेफिव्रिलेटर, सक्सन मेसिन, मनिटर, अक्सिजन, इ.सी.जी. मेसिन, जीवनदायी सबै औषधिहरू र चिकित्सकको सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ । अत्याधुनिक सुविधासम्पन्न उक्त मोवाइल सी.सी.यु. (अत्याधुनिक एम्बुलेन्स) बिहानैदेखि साँझसम्म उपलब्ध हुने व्यवस्था बनाएको छ । यो सुकार्य जनस्तरबाट प्रशंसाको पात्र बनेको छ । निर्देशक मेघा चौधरीलाई हार्दिक धन्यवाद एवं बधाई छ । –दर्शकको कलमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super