Home » Featured » हाम्रै संरचनाले पुनर्निर्माण सुस्त भएको छ
govindda_pokharel

हाम्रै संरचनाले पुनर्निर्माण सुस्त भएको छ

Shares

हाम्रै संरचनाले पुनर्निर्माण सुस्त भएको छ

govindda_pokharel
प्रा.डा. गोविन्दराज पोखरेल, कार्यकारी प्रमुख– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

पुनर्निर्माणमा ढिलाइ अवश्य पनि भएको हो । तर, यो भन्दैमा दुई वर्षमै पुनर्निर्माणका सबै काम पूरा हुन्छन् भन्ने पनि होइन । जापानको कोबेमा १० वर्ष लागेको थियो । यद्यपि हाम्रो काममा ढिलाइ भएको हो । हामीले निजी क्षेत्रलाई संलग्न गरेर अघि बढ्न सक्थ्यौँ, तर त्यो भएको छैन । भूकम्पबाट प्रभावित क्षेत्रका युवा स्वदेशमा छैनन् । महिला, वृद्धवृद्धा छन् । यसमा निजी क्षेत्रलाई परिचालन गर्न सकेको भए केही काम गर्न सकिन्थ्यो । आफ्नो घर आफैँ बनाऔँ भन्ने हिसाबबाट अघि बढ्दा जनशक्ति अभाव भएको हो । पिडिएनएले पुनर्निर्माणका लागि ६० हजार जनशक्ति चाहिन्छ भनेको छ । हामीले पहिले ५र६ हजार र अहिले २० हजारजतिलाई तालिम दिएका छौँ । ती सबै गाउँमा बस्छन् भन्ने पनि छैन । त्यसकारण जनतालाई पैसा दिएर मात्रै घर बन्छ भन्ने टुंगो हुँदैन । जनतालाई पैसा त दियौँ, तर जनशक्ति नहुँदा काम भएन । पुनर्निर्माणमा भएको ढिलाइको एउटा प्रमुख कारण यो पनि हो । दोस्रो कुरा, हामीले नक्सा र डिजाइन पठाएका थियौँ । त्यसमा जग कसरी राख्ने, गाह्रो कसरी लगाउने भन्ने उल्लेख छ । सुरक्षित घर बनाउनुस् ३ लाख रुपैयाँ पाउनुहुन्छ भनेर वडा÷वडामा त्यो नक्सा पु¥याउन सकेको भए पनि केही काम अघि बढ्न सक्थ्यो । त्यसो हुँदा मापदण्ड पूरा हुनेले पैसा पनि पाउँथे । हामीले अतिप्रभावित १४ र कम प्रभावित १७ जिल्लामा सर्वेक्षण एकैपटक गर्न सकेनौँ । सिंहदरबारबाहिर पनि दक्ष मानिस थिए । उनीहरूलाई प्रयोग गर्न सकिएन । त्यहाँ केही कमजोरी भएको हो । सरकारीसँगै गैरसरकारी संस्थालाई घर बनाउनभन्दा पनि तालिम दिनुस् भनेर लगाउन सकेको भए हुन्थ्यो, त्यो पनि गर्न सकिएन । यसमा ढिलाइ भएको कारण यो पनि हो । कतिपय मान्छेले पैसा पाएर पनि घर बनाउन थालेका छैनन् । केही हाम्रा र केही सामाजिक परिस्थितिले पुनर्निर्माणमा ढिलाइ भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super