Home » Featured » भ्रष्टाचारका कथा : ढिलाइको नमूना बनेर
sushila-karki.

भ्रष्टाचारका कथा : ढिलाइको नमूना बनेर

Shares

भ्रष्टाचारका कथा : ढिलाइको नमूना बनेर

sushila-karki.
सर्वाेच्च अदालतमा अलपत्र छन् !!

१ सुडान घोटाला काण्डमा भ्रष्टाचार गरेवापत सर्वाेच्चमा मुद्दा खेपिरहेका पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द्र ठकुरी र ठेकेदार शम्भु भारतीविरुद्धको मुद्दा पेशी सर्दासर्दा लाजमर्दाे स्थितिमा देखिन्छ ।

a.om_bikram_rana500HemBdrGurungramesh_chand_thakuri.Pradeep_Samsher_JBRMoti_Lal_Bohara
२ लाउडा एयरसँग जहाज भाडामा लिंदा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री तारणीदत्त चटौत र वायुसेवा निगमका तत्कालीन कार्यवाहक अध्यक्ष हरिभक्त श्रेष्ठ एवं सञ्चालक सदस्यहरुसमेत विरुद्धको भ्रष्टाचार मुद्दा पनि सर्वाेच्चमै अलपत्र छ ।

tarani datta
३ तत्कालीन शिक्षामन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दा ३६औं पटक पेशी चढेर पनि फैसला नभएर न्यायकै मखौल कथा बनेर रहेको छ ।

govinda_raj_joshi
४ अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा रहेका मुद्दाहरुमध्ये पूर्व गृहसचिव पद्मप्रसाद पोखरेल, पूर्वरक्षासचिव चक्रबन्धु अर्याल, पूर्वआईजीपीद्वय मोतीलाल बोहरा, एवं प्रदीप शम्शेर जबरा अनि वरिष्ठ पदाधिकारी डोलराज शर्मा– वामदेवदीप अधिकारी तथा निरञ्जन प्रसाद चालिसेविरुद्धको ‘हाइप्रोफाइल’ भ्रष्टाचार मुद्दा सर्वाेच्चको फाँटवालाहरुको अतिरिक्त कमाइको बाटो बनेर हाँसोको पात्र बनिरहेको स्थिति छ ।

आम जनता प्रधानन्यायाधीश सम्माननीय सुशीला कार्कीको विशेष निर्देशनमा माथि उल्लेख्य भ्रष्टाचारविरुद्धका मुद्दाको चाँडो फैसला यथाशीघ्र गरिएला भन्ने अपेक्षामा छन् । कार्कीजीको अवकाशपूर्व नै यी मुद्दाहरुको फैसला होला त ?

एक टिप्पणीकारको कलमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super