Home » Featured » – नेपालको सांस्कृतिक सम्पदा रक्षार्थ –
alaina

– नेपालको सांस्कृतिक सम्पदा रक्षार्थ –

Shares

– नेपालको सांस्कृतिक सम्पदा रक्षार्थ –

alaina

अमेरिकी राजदूत तेप्लिजको सद्भाव यात्रा

हालमा अमेरिकी राजदूत महामहिम अलाइना बी. तेप्लिज नेपालको आर्थिक श्रीवृद्धि– पुनर्निर्माण तथा सामाजिक सद्भावसहित नेपालको संविधानको सफल कार्यान्वयनप्रति प्रतिबद्ध रहेर नेपाल–अमेरिका मैत्रीको सम्बद्र्धनमा सक्रियतासाथ कर्मशील देखिनु नेपाल र नेपालीका लागि खुशीको खबर बनिरहेको छ ।
नेपालस्थित कतिपय कूटनीतिज्ञहरु फगत डिनर, लन्च र ब्रेकफास्टसँगै ककटेल पार्टीको सेरोफेरोमा ‘ डिप्लोमेटिक’ राजनीतिको औपचारिकतामा समय बिताइबसेको देखिन्छ । २÷४ जना इन्फरमर र नेपाली अखबारहरुका पानामा देखिएका टिकाटिप्पणीलाई बटुलबाटुल पारेर ‘मासिक रिपोर्ट’ बनाइ आ–आफ्ना विदेश मन्त्रालयमा पठाएर कर्तव्य पूरा भएको ठानिरहेको यथार्थ पनि स्मरणीय बन्छ नै ।
यस स्थितिमा अमेरिकी राजदूत तेप्लिजको उपलब्धिमूलक र इमान्दार दैनिकी छोटो समयमै प्रशंसायोग्य चरित्र बनेर बाँचेको अनुभूतिले बहुसंख्यक कूटनीतिज्ञको कार्यशैलीभन्दा भिन्न इतिहास रचिरहेको छ भन्न सकिन्छ ।
यो स्तम्भकारले अमेरिकी राजदूत तेप्लिजका लेखहरु पढ्ने मात्र हैन– विभिन्न जिल्ला भ्रमणमा पुगेर नेपालको विकास निर्माण अभियानका लागि प्रेरक भूमिका प्रदान गरी नेपाल–अमेरिका मैत्री सम्बद्र्धनलाई जीवन्त राख्ने सत्प्रयास गरेको पनि देखिरहेको छ । खास गरेर महाभूकम्पले तहसनहस अवस्थाको पुनर्निर्माण सकभर चाँडो सम्पन्न होस् – त्यसका लागि अमेरिकी सहयोग सदाशयता कहाँ– कसरी उपयोगी साबित हुन सक्दछ राजदूत तेप्लिज विशेष सोचका साथ इमान्दारी साथ अघि बढिरहनु छ भन्ने प्रमाण हनुमानढोका गद्दी बैठक बसन्तपुर क्षेत्रलगायत कतिपय ध्वंश क्षेत्रको पुनर्निर्माणका लागि आर्थिक मद्दत जुटाउनका साथसाथै स्वयंलाई सक्रिय स्वयंसेविकाका रुपमा समेत प्रस्तुत गरेको देखिनु अन्य कूटनीतिज्ञहरुका लागि समेत उदाहरणीय नजीर साबित भएको छ– भन्नै पर्दछ ।
हालै राजदूत तेप्लिजले यौटा लेखमार्फत् महाभूकम्पमा परेर तहसनहस भएका नेपालका सांस्कृतिक सम्पदाको सुरक्षा सम्बद्र्धन तथा जगेर्नाका लागि सात करोड रुपैयाँको कार्ययोजनामा अमेरिकी सरकारको तर्पmबाट योगदान दिइएको कुरा पनि जानकारी गराउनु भएको छ ।
उक्त लेखमा राजदूत तेप्लिज लेख्नुहुन्छ–
‘नेपालको समृद्ध सांस्कृतिक सम्पदा दैनिक जनजीवनको तानमा बुनिएको छ । पाटन दरबार क्षेत्रका मन्दिर र दरबारदेखि लिएर काठमाडौंभर व्यस्त सडक छेउछाउका खोपीहरूमा स्थापित आराध्य देवीदेवताका मूर्तिसम्म फैलिएको नेपालको अनुपम वास्तुकला र सांस्कृतिक सम्पदा विश्वभर सुपरिचित छ । यस अपूर्व सम्पदाले नेपाललाई पर्यटनका लागि लोकप्रिय गन्तव्यस्थल बनाएको छ । तर यसलाई उचित जगेर्ना, मर्मत—सम्भार र संरक्षण गर्न जरुरी छ । अनि मात्र भावी सन्ततिले पनि हामीले आज यसबाट जति आनन्द लिइरहेका छौं, त्यति नै आनन्द लिन पाउनेछन् ।
दुई दशकभन्दा लामो समयदेखि संयुक्त राज्य अमेरिकाले सक्रिय रूपमा नेपालभर सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षण गर्ने प्रयत्नहरूलाई सहयोग गर्दै आएको छ । संरक्षणका लागि जीर्णोद्धार र प्रबलीकरण गर्ने प्रक्रियामा सम्भावित प्राकृतिक विपद्को प्रभाव न्युनीकरण हुनुका साथै पर्यटनको सम्भावनामा समेत योगदान पुग्छ । साथै मूर्तिकला र काष्ठकला जस्ता परम्परागत शिल्पमा निर्भर मानिसहरूको जीविकोपार्जनको दिगोपनमा पनि टेवा पुग्छ । अमेरिकी सरकारको सांस्कृतिक संरक्षणका लागि राजदूत कोष (एएफसीपी) ले विभिन्न १९ परियोजनामा गरी २२ लाख अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ । यस्ता प्रयत्न अन्तर्गत नेपालभरका मुख्य सांस्कृतिक सम्पदा स्थलहरूलाई भूकम्पीय सुरक्षाका हिसाबले बलियो बनाइएको छ । २०७२ सालको भूकम्पपछि धेरै क्षति हुनबाट जोगिएको पाटन दरबार क्षेत्रका केही भागहरूमा समेत प्रबलीकरण गरिएको छ । यो प्रबलीकरण प्रभावकारी सावित भएको छ र यसले भविष्यमा नेपालका सांस्कृतिक सम्पदा स्थलहरूको अझै राम्रो संरक्षणका लागि अग्रगामी मार्गसमेत प्रस्तुत गरेको छ ।
संयुक्त राज्य अमेरिका आफ्नो सबभन्दा पछिल्लो एएफसीपी परियोजना कार्यान्वयनका लागि अमेरिकी मुनाफारहित संस्था मियामोटो ग्लोबल डिजास्टर रिलिफसँग साझेदारी गर्न पाएकोमा खुसी छ । ७ लाख अमेरिकी डलरको उक्त अनुदानले हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठकको मर्मत गर्नेछ र दरबारको संरचनागत सुरक्षा र भूकम्प प्रतिरोध क्षमतामा सुधार गर्नेछ । गद्दी बैठक नेपालीहरूका लागि सांस्कृतिक महत्वको स्थान हो भने विश्वका लागि नेपालको प्रतीक हो । हामी यस जीर्णोद्धार कार्यको हिस्सा हुनगइरहेकोमा मलाई गर्व लागेको छ । साथै यो जीर्णोद्धार कार्य नेपालमा सांस्कृतिक संरक्षणलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धताको समेत निसानी बन्नेछ भन्ने आशा छ ।’
यसरी राजदूत अलाइना बी. तेप्लिजले जसरी सक्रियतापूर्ण सद्भाव यात्रामार्फत् नेपालको विकास अभियानमा अमेरिकी समर्थन देखाउनु भएको त्यो ज्यादै नै स्तुत्य छ भन्नेमा द्वैमत छैन । अस्तु । – इकाशको कलमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super